प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट ५० लाख डलर भित्र्यायो



काठमाडौं । प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुबिधा लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त गरेको छ ।

बिश्व बाताबरण दिबसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अबधिका लागि उक्त रकम बैंकले प्राप्त गरेको हो । जलबायु परिवर्तनले आक्रन्त बिश्व, यस्को प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ ।

बैंकलाई प्राप्त उक्त रकम सार्बजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

बैंकले बैकल्पिक उर्जा तथा एमएसएमई ब्यबसाय प्रबर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भबिष्यमै उक्त पहलले सार्थकता पाउने पनि बिश्वास लिएको छ ।


क्लिकमान्डु