पाँच जना न्यायधीशको बृहत इजलाशमा चुडामणि शर्माको मुद्दा सुनुवाई



काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको मुद्दा सर्बोच्चको पाँच जना न्यायधीशको बृहत इजलाशमा सुनुवाई सुरु भएको छ ।

सर्बोच्चले मुद्दाको अर्को फैसला नआउदासम्म विशेष अदालतलाई सुनुवाई नगर्न आदेश दिएको थियो । संवैधानिक विषय भएकोले सर्बोच्चले चुडामणिको केसलाई बृहत इजलाशमा लगेको हो ।

सर्बोच्चका न्यायधीशहरु दीपकराज जोशी,दीपकुमार कार्की,केदारप्रसाद चालिसे,सारदाप्रसाद घिमिरे र अनिलकुमा सिन्हाको इजलाशमा चुडामणि शर्माको सुनुवाई हुने छ ।

चुडामणि शर्माकी श्रीमती कल्पता उप्रेदी शर्माले अख्तियारले गैर कानूनी तरिकाले थुनामा राखेको र कर फस्र्योट आयोगको निर्णयमा अदालतमा मुद्दा चलाउन नपाउने भन्दै सर्बोच्चमा रिट दायर गरेकी थिइन् ।

२०७१ सालमा चार्टर्ड एकाउन्टेन्स लुम्बध्वज(एलडी) महतको संयोजकत्वमा तीन सदस्य कर फस्र्योट आयोग गठन भएको थियो । आयोगमा सदस्य सचिवको जिम्मेवारी महानिर्देशकको हिसाबले चुडामणि शर्मा थिए । अर्का सदस्य चार्टर्ड एकाउन्टेन्स उमेश ढकाल थिए ।

अख्तियारले शर्मालाई हिरासतमा लिएको छ भने महत र ढकाल फरार रहेका छन् ।  अख्तियारले विशेष अदालतमा करिब ११ अर्ब बिगो राखेर मुद्दा दायर पनि गरिसकेको छ ।

बृहत इजलाशले दिने फैसलाले शर्माको मुद्दा अगाडि बढ्ने वा नबढ्ने निर्धारण हुन्छ ।

 


क्लिकमान्डु