सांसद अमरेशकुमार जब संसद्‌मै अर्धनग्न भए…



काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर बिरोध जनाएका छन् । उनले कपडा खोलेर बिरोध जनाउन थालेपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

आजको बैठकमा विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जाने बताएपछि सांसद सिंहले लगाएको कोट, सर्ट र गन्जी खोलेर अर्धनग्न बनेर बिरोध जनाए ।

बोल्न समय नदिएको भन्दै सांसद प्रेम सुवालले पनि बिरोध गरेका थिए ।

सांसद सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।


क्लिकमान्डु