कांग्रेसका आचार्य मन्त्री नियुक्त, महिन्द्र राय यादवको मन्त्रालय फेरियो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

दाहालले नेपाली कांग्रेसको सिफारिसमा सांसद सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको हो ।

यसअघि यो मन्त्रालय नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सम्हालिरहेका थिए । यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ।

नवनियुक्त मन्त्री आचार्यको शपथ आइतबार १२ बजेपछि हुनेछ । आचार्य कपिलवस्तु-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।


क्लिकमान्डु