भुटानी शरणार्थी बनाएर ठगी: एमाले सचिव टोपबहादुर रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पुर्जी



फाइल तस्बिर

काठमाडौं । तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं प्रहरी परिसरले सांसदसमेत रहेका सचिव रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी प्रहरीले गरिरहेको छ । प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जीका लागि अनुमति लिएको हो ।

त्यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले आजै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यसअघि हिजो बादका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरेको थियो ।


क्लिकमान्डु