सरकारमा जाने कि नजाने भन्नेबारे रास्वपाले शुक्रबार निर्णय गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे शुक्रबारको बैठकबाट निर्णय गर्ने भएको छ ।

सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय लिने बताए ।

‘अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा छैन तर संसदमा सत्तापक्षको बेन्चमा छ । अब पार्टीले कि प्रतिपक्षमा बस्ने कि सरकारमा जाने स्पष्ट निर्णय गर्छ,’ ढकालले भने, ‘अब शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय गर्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल पहिले रास्वपाले पाएको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि पनि तयार रहेको ढकालको दाबी छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारमा जाँदा र नजाँदाका लाभ र हानीबारे धारणा राखेका थिए ।


क्लिकमान्डु