चितवन २ मा रवि लामिछानेलाई ३३ हजार मतको अग्रता



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बनाएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भन्दा करिब ३३ हजार मतको अग्रता बनाएका हुन् ।

लामिछानेले ४० हजार ६९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपाने ७ हजार २६७ मतसहित तेस्रो स्थानमा झरेका छन् । मतगणना जारी छ ।


क्लिकमान्डु