उपनिर्वाचन अपडेट: रवि लामिछानेले बढाए मतान्तर



चितवन । चितवन २ मा रास्वपाका रवि लामिछानेले मतान्तर बढाएका छन् ।

साढे बजेसम्मको गणनाअनुसार लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा करिब १८ सय बढी मत ल्याएका छन् ।

लामिछानेले ४ हजार ३५८ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार २०५ मत ल्याएका छन् ।


क्लिकमान्डु