बारा २ उपनिर्वाचन अपडेट:  जसपाका यादवलाई जनमतका कुशवाहाले पछि पारे



बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव पछि परेका छन् ।

प्रारम्भिक गणनामा अगाडि देखिएका यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार कुशवाहाले उछिनेका हुन् ।

२ हजार ७४ मतगणना हुँदा यादवले ५७१ मत ल्याएका छन् भने कुशवाहाले ६२८ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ सय १० मत पाएका छन् ।

प्रारम्भिक नतिजाअनुसार बारा २ मा रास्वपा पछाडि छोडिने देखिएको छ । रास्वपा उम्मेदवार रमेश खरेलले २३६ मत पाएका छन् ।


क्लिकमान्डु