बारा २ मा जसपा, जनमत र एमालेबीच कडा टक्कर, घण्टी चौथो



बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव, सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा र नेकपा एमालेका पुरुषोत्तम पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

दिउँसो ३ बजेसम्मको मतगणना अनुसार यादव ५१३ मतसहित अग्रस्थानमा छन् । त्यस्तै जनमतका कुशवाहा ४८५ मतसहित दोस्रो र एमालेका पौडेल ४२० मतसहित तेस्रो स्थानमा छन् ।

प्रारम्भिक नतिजाअनुसार बारा २ मा रास्वपा पछाडि छोडिने देखिएको छ । रास्वपा उम्मेदवार रमेश खरेलले २०६ मत पाएका छन् ।


क्लिकमान्डु