तनहुँ १ मा रास्वपा उम्मेदवार वाग्लेले बढाए अग्रता



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।

साढे २ बजेसम्ममा करिब २९ हजार ८०२ मत गनिसक्दा वाग्लेले १५ हजार १३५ मत पाएका छन् ।

कुल २१ वडाको मतगणना भइसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर ६ हजार ४०४ छ ।

नेकपा एमालेका सर्वेन्द्र खनाल ५ हजार मतसहित तेस्रो स्थानमा छन् ।


क्लिकमान्डु