एनएमबी बैंकद्वारा नेपालको पहिलो हेजिङ कारोबार सम्पन्न



काठमाडौं । विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागि डेभलपमेन्ट फाइनान्स इन्सटिट्यूसन (डीएफआइएस) हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ ।

नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ ।

विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्न नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको हुन्छ ।

यस्ता उतारचढाब नियन्त्रण गर्न एनएमबि बैंकले द करेन्सी एक्सचेन्ज फण्ड र एमएफएक्स करेन्सी रिस्क सोलुसन वासिङटन सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार गर्ने नेपालको अग्रणी वाणिज्य बैंक भएको छ ।

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोबार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।

यस हेजिङ्ग कारोबारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको जनाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोबार गर्नका लागि मार्ग प्रसस्त गरेको र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्नेमा विश्वस्त रहेकोमा एनएमबि बैंकले जनाएको छ।


क्लिकमान्डु