बैंकको नाफा एकै महिनामा सवा ७ अर्बले बढ्यो, नबिल पहिलो, कृषि विकास बैंक अन्तिम



काठमाडौं । एक महिनामा वाणिज्य बैंकहरुको नाफा ७ अर्ब २१ करोड ६० लाख रुपैयाँले बढेको छ ।

माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । एक महिनाको अवधिमा अर्थात फागुन मसान्तसम्मा बैंकहरुको नाफा ७ अर्ब २१ करोड ६० लाख रुपैयाँले बढेर ४६ अर्ब ६० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा आर्जन गरेको छ । बैंकले ५ अर्ब ३२ करोड ६१ लाख २० हजार नाफा आर्जन गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड २३ लाख ३० हजार र एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै नेपाल बैंकले २ अर्ब ११ करोड ५० लाख १० हजार, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड ८७ लाख ५० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड १२ लाख ९० हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ८२ लाख ५० हजार, हिमालयन बैंकले १ अर्ब ७८ करोड ४१ लाख २० हजार, नेपाल एसबीआई बैंकले १ अर्ब ६४ करोड ३६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै एभरेष्ट बैंकले २ अर्ब २३ करोड ४७ लाख १० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड ५९ लाख ६० हजार, कुमारी बैंकले २ अर्ब ६ करोड १५ लाख ८० हजार रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड ४६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

सिद्धार्थ बैंकले यो अवधिमा १ अर्ब ५५ करोड ४७ लाख १० हजार, कृषि विकास बैंकले ४१ करोड १२ लाख ९० हजार, सिटिजन्स र्बैंकले १ अर्ब २५ करोड ९३ लाख ७० हजार, प्राइम बैंकले २ अर्ब ३९ करोड १६ लाख ७० हजार, सनराइज बैंकले १ अर्ब ८ करोड ८४ लाख ६० हजार, एनएमबि बैंकले २ अर्ब ६० करोड र सानिमा बैंकले १ अर्ब ७८ करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।


क्लिकमान्डु