प्रसाईंसँग आफ्ना सांसदले २ करोडको डिल गरेको अडियोबारे ३ दिनभित्र रास्वपाले छानबिन गर्ने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन गर्ने भएको छ ।
डा श्रेष्ठ र प्रसाईंबीचको कुराकानीको छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न डा श्रेष्ठलाई निर्देशन दिएको छ । आचरण समितिले यसबारे २४ घण्टाभित्र स्टपष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको छ ।