अब बसेको स्थानबाट मतदाता नामावलीमा नाम लेखाउन सकिने
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनको लागि जिल्ला सदरमुकाम जानुपर्ने व्यवस्थाको अन्त्य गरेको छ ।
आयोगले बसेको स्थानबाट नाम लेखाउन सक्ने व्यवस्था गरेको हो ।
आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि मतदाता नामावली संकलनको गर्दै छ । मतदाता नामावली लेखाउने समय साउन मसान्तसम्म आयोगले थपेको छ ।