अफगानिस्तानमा दूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले किन निकाल्दै छ ?



काठमाडौं । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिने क्रममा उद्धार गरेर बेलायत लगिएका नेपाली सुरक्षा गार्डको एक समूहलाई १९ महिनापछि स्वेदश फर्काइने भएको छ ।

गोरखा सैनिकको नामबाट परिचित १३ नेपालीको समूहले काबुलमा बेलायती दूतावासको सुरक्षा गर्ने गरेको थियो । यी सैनिकका वकिलका अनुसार १३ जनालाई बेलायतमा रहने कानूनी हक रहेको छ ।

उनीहरुको उमेर ३७ देखि ६० वर्ष रहेको जनाइएको छ । यी सबै एक निजी सिक्योरिटी फर्मका लागि काम गर्थे जसलाई काबुलमा युके र क्याडाका दूतावासको सुरक्षा जिम्मेवारी थियो ।

अफगानिस्तानको राजधानी काबुल अगस्त २०२१ मा तालिबानको नियन्त्रणमा आएको थियो । जसपछि राष्ट्रपति अशरफ गनीको सरकार ढलेको थियो र उनी देश छाडेर भागेका थिए ।

यसक्रममा बेलायती सेनाका साथ काम गरेका हजारौं अफगानी र सरकारी कर्मचारीलाई काबुलबाट सुरक्षित निकालिएको थियो।

केही सुरक्षा गार्डका वकिलका अनुसार यसमध्ये १० जनालाई गत हप्ता बेलायतको होटलमा छापामारी हतकडि लगाएएर लगिएको थियो । यी सबै होटलमा काम गरिरहेका थिए ।

गत हप्ताबाट उनीहरु सबैलाई हिथ्रो विमास्थल र गेटविकको नजिक इमिग्रेशन रिमुवल सेन्टरमा राखिएको बीबीसीले जनाएको छ । उनीहरुलाई ६ अप्रिलमा बेलायतबाट बाहिर पठाइने छ ।


क्लिकमान्डु