कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा सरकारमा सहभागी नभएका शेखर कोइराला पक्षका मन्त्रीका बारेमा छलफल हुनेछ ।

साथै पार्टीभित्रको आन्तरिक समस्याका बारेमा पनि छलफल गर्ने र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्ने बारेमा पनि निर्णय हुने बताइएको छ ।


क्लिकमान्डु