राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता: दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।


क्लिकमान्डु