दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने समय सकियो



काठमाडौं । दोल्ती पावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आईपीओमा आज कार्यालय समय भित्र आवेदन दिइसक्नु पर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि फागुन ८ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

आयोजना अति प्रभावित दैलेख जिल्लाको नौमुले र कालिका गाविसका स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको छ ।

त्यस्तै, आयोजना प्रभावित दैलेख जिल्लाका अन्य स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदनकर्ताले एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको स्थानिय शाखाबाट आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु