माइतीघरमा लघुवित्त र मिटरब्याजी पीडितहरुको प्रदर्शन



काठमाडौं । लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन् ।

मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरेका छन् ।

५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको उनीहरुको दाबी छ ।

लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने लगायतको उनीहरुको माग छ।

लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणीहरु बाहेकका विभिन्न नाममा गरिएको वचत कर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनमा सहभागीहरुले समाजवादी अर्थतन्त्रको विकास गर्, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्, आवश्यक्ता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


क्लिकमान्डु