स्कुलबाट फर्किंदै गरेका विद्यार्थीसँग रमाइलो भेटे भयो, पोलेको मकै खाएँ, एकदम मज्जा लाग्यो: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्षक केपी शर्मा ओलीले विद्यालयबाट फर्किंदै गरेका विद्यार्थीसँग भेट गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासलबाट बालकोटस्थित निवास फर्कंदै गर्दा बाटोमा स्कुले बालबालीकासँग मेट गर्ने अवसर मिलेको ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

सामाजिक सञ्जालमा ओलीले यसबारेका केही तस्बिर सेयर गरेका छन् । बालबालिकासँग भेटेपछि ओलीले नजिकै मकै पोलेर बेचिरहेको स्थानमा पुगेर पोलेको मकै खाएका थिए ।

‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो’ सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’


क्लिकमान्डु