राष्ट्रपति निर्वाचनको मतदान सकियो, केहीबेरमा मतगणना



काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयकाअनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ । संघीय संसद्का ३३१ सांसदमध्ये ३१३ ले मतदान गरेका हुन् ।

संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

संघीय संसद भवनमा बिहीबार १० बजेदेखि सुरु भएको निर्वाचनको मतदान कार्यक्रम दिउँसो ३ बजे सकिएको हो । मतगणना ४ बजेदेखि गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपतिमा निर्वाचितलाई बिहीबार साँझ नै निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ ।

राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।


क्लिकमान्डु