सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो, चाँदी ४० रुपैयाँले कमी



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार १२ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु