लघु वित्तका समस्या समाधान गर्न अध्ययन समिति गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाका समस्याका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिले बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।

अध्ययन समितिमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्ती बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य छन् ।

यस्तै, समितिमा दुई जना स्वतन्त्र विज्ञ मनोनित गर्ने निर्णय बोर्डले गरको छ । समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी छ ।


क्लिकमान्डु