प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको कार्यभार



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप ८ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार एमाले सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको हो । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालय खाली छ ।

एमाले सरकारबाट बाहिएपछि खाली भएका अर्थ, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र रक्षा मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हाल्नेछन् ।


क्लिकमान्डु