जनमत पार्टी सरकारबाट बाहिरिँदैन: सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । काठमाडौंमा आज आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने स्पष्ट पारेका हुन् ।

‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन, जसले सरकारबाहिर आउनु परोस्,’ उनले भने, ‘अरु पार्टी त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् ।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गरे । त्यही नीतिअनुसारको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको उनको भनाइ छ ।


क्लिकमान्डु