निर्धन उत्थान लघुवित्तका ठूला सेयर धनीमा १७ व्यक्ति तथा कम्पनी, बैंकको हिस्सा कति ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ठूला सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहित १७ जना रहेका छन् ।
कम्पनीको ठूला सेयरधनीमा तीन वटा वाणिज्य बैंक, बीमा कम्पनी लगायत अन्य कम्पनी तथा विभिन्न व्यक्ति ठूला सेयरधनीको रुपमा रहेका छन् ।
कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२.९७ प्रतिशत रहेको छ ।
नेपाल बैंकको २० करोड ६१ लाख ८४ हजार ३८६ रुपैयाँको २० लाख ६१ हजार ८४३ कित्ता अर्थात ९.३९ प्रतिशत रहेको छ ।
यस्तै एभरेष्ट बैंकको १६ करोड ७१ लाख ४० हजार ३२ रुपैयाँको १६ लाख ७१ हजार ४०० रुपैयाँ अर्थात ७.६१ प्रतिशत रहेको छ । हिमालयन बैंकको १६ करोड ७१ लाख ३९ हजार ९८८ रुपैयाँको १६ लाख ७१ हजार ३९९ कित्ता अर्थात ७.६१ प्रतिशत रहेको छ ।
कम्पनीमा निर्धन संस्थाको ७.४४ प्रतिशत अर्थात १६ लाख ३२ हजार २६६ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ प्रतिशत अर्थात ४ लाख ३९ हजार ५ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै कम्पनीमा मिना पन्तको ५.३६ प्रतिशत अर्थात ११ लाख ७५ हजार ७५२ कित्ता, जनार्दन देव पन्तको ०.६४ प्रतिशत अर्थात १ लाख ३९ हजार ५७४ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै इन्द्र केसीको ०.६३ प्रतिशत अर्थात १ लाख ३८ हजार ९३५ कित्ता, टोप बहादुर रायमाझीको ०.७३ प्रतिशत अर्थात ५ लाख ५४ हजार १२७ कित्ता, इन्टरनेशनल फाइनान्स कर्पोरेशन ७.५४ प्रतिशत अर्थात १६ लाख ५५ हजार ८३९ कित्ता, ग्रामिण ट्रस्टको १.५६ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३९९ कित्ता सेयर स्वामित्व रहेको छ ।