सरकारबाट बाहिरिने एमालेको निर्णय



काठमाडौं । सत्तारुढ नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बैठकले निर्णय गरेको छ ।

एमालेको सहयोगमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस लगायत ८ दलसँग राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैन । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ८ दलीय गठबन्धन र सुवास नेम्वाङले एमालेबाट उम्मेदवारी दिएका छन् ।


क्लिकमान्डु