राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो चैत १४ गते परिपक्व हुनेछ ।

९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो २०८० जेठ १६ गते परिपक्व हुनेछ । ३६४ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० फागुन १५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु