ऋणीले भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज भुक्तान गरे जरिबाना नलाग्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा हर्जना ब्याज तिर्नु नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागू हुनेछ ।

यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको बैंकले पेनाल ब्याज लिन सक्नेछन् ।


क्लिकमान्डु