नेरुडे लघुवित्तका सीईओको तलब भत्ता करिब ३३ लाख, सञ्चालकले लिए ८ लाख बढी



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३२ लाख ९० हजार ७२५ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

कम्पनीले सीईओलाई तलब बापत १६ लाख २० हजार ९६७ रुपैयाँ, भत्ता बापत १० लाख ८० हजार ६४५ रुपैयाँ, कर्मचारी सञ्चय कोषमा थप १ लाख ६२ हजार ९६ रुपैयाँ, औषधि खर्च बापत १ लाख ५० हजार, दशैं खर्च बापत २ लाख ५० हजार र संचार तथा पत्रपत्रिका खर्च बापत २७ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सीईओमा अहिले भोजराज बस्याल रहेका छन् ।

यस्तै कम्पनीले सञ्चालक समितिका लागि ८ लाख १९ हजार ५०० रुपैयाँ भत्ता दिएको छ । कम्पनीले अध्यक्ष प्रा.डा. भेष प्रसाद धमलालाई १ लाख ३१ हजार भत्ता दिएको छ । जसमा १ लाख १ हजार भत्ता र ३० हजार पत्रपत्रिका तथा सञ्चार भत्ता रहेको छ ।

सञ्चालक मणि कुमार अज्र्याललाई १ लाख १५ हजार ५ सय भत्ता दिएकामा बैठक भत्ता बापत ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार, सुरेन्द्रराज भट्टराईलाई १ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको छ । जसमा भत्ता बापत ८७ हजार र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार, वेदराज आचार्यलाई भत्ता बापत १ लाख १५ हजार ५ सय रुपैयाँ भुक्ताानी गरिएको छ । जसमा भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

यस्तै सुलक्षण तिमिल्सिनालाई भत्ता बापत १ लाख १५ हजार ५ सय र भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार , सुधिर कुमार श्रेष्ठलाई १ लाख १५ हजार ५ सय भुक्तानी गरेकामा भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत् १४ हजार र बलराम बराललाई ६९ हजार ५ सय रुपैैयाँ भुक्तानी गरेकामा भत्ता मात्रै ५५ हजार ५ सय र पत्रपत्रिका तथा सञ्चार खर्च १४ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु