लघुवित्तले नयाँ कर्मचारीलाई सेवा प्रवेश गरेको १ महिनाभित्र २ हप्ताको तालिम दिनुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई कर्मचारीलाई तालिम दिने सम्बन्धमा नयाँ ब्यवस्था गरेको छ । यसअघि लघुवित्त कम्पनीमा काम गर्ने नयाँ कर्मचारीलाई २ वर्षभित्र तालिम दिनुपर्ने व्यवस्थामा थप कडाई गर्दै सेवा प्रवेश गरेको १ महिनाभित्रै तालिम दिनुपर्ने नयाँ ब्यवस्था गरेको छ । २ वर्षमा तालिम दिनुपर्ने यसअघिको व्यवस्थालाई पनि यथावतै राखिएको छ ।

‘संस्थाले कर्मचारीहरुलाई लघुवित्त कारोबार सँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक प्रदान गर्नु पर्नेछ । संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ,’ बुधबार एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले भनेको छ, ‘ संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण आफ्नो वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्नेछ ।


क्लिकमान्डु