लघुवित्तको नाफामा भारी गिरावट, ६ वटा नोक्सानमा (सूचीसहित)



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा अधिकांश लघुवित्तको नाफा घटेको छ । हालसम्म ५८ वटा लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ४२ वटाको नाफा घटेको हो । १० वटाको बढेको छ । भने ६ वटा लघुवित्त नोक्सानमा छन् ।

जसअनुसार ५४ वटा लघुवित्त कम्पनीहरुले ६ महिनामा ३ अर्ब ७२ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन समीक्षा अवधिको तुलनामा ४२.१७ प्रतिशतले थोरै हो । कम्पनीहरुले गत आवको दोस्रो त्रैमासको अवधिमा ६ अर्ब ४४ करोड ५७ लाख ४९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

पुस मसान्तसम्ममा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ । छिमेक लघुवित्तको नाफा ११.५६ प्रतिशत, फस्ट माइक्रो फाइनान्सको नाफा ३८.३५ प्रतिशत, आरएमडिसि लघुवित्तको नाफा २२.५८ प्रतिशत, स्वालम्वन लघुवित्तको नाफा २.१६ प्रतिशत, आरएसडिसि लघुवित्तको नाफा ६२.३४ प्रतिशत, नाडेप लघुवित्तको नाफा ९३.५७ प्रतिशत, गणपति माइक्रोफाइनान्सको नाफा ४.५६ प्रतिशत, नेष्डो लघुवित्तको नाफा २.६४ प्रतिशत र अभियान लघुवित्तको नाफा ११.४६ प्रतिशतले बढेको हो ।

६ वटा लघुवित्तले नोक्सानी बेहोरेका छन् । सामुदायिक लघुवित्त, विन लघुवित्त, मानुषि लघुवित्त, ग्रामिण विकास लघुवित्त, लक्ष्मी लघुवित्त र उपकार लघुवित्तले नोक्सानी बेहोरेका हुन् ।

सामुदायिकको नाफा ३१ लाख ७२ हजार रुपैयाँ, विन लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, मानुषि लघुवित्तको ४४ लाख ६६ हजार रुपैयाँ, ग्रामिण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, लक्ष्मी लुवित्तको २ लाख ४० हजार रुपैयाँ र उपकार लघुवित्तको १ करोड ६१ लाख २ हजार रुपैयाँ ऋणात्मक रहेको हो ।

अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । छिमेक लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको हो ।

जीवन विकास लघुवित्तले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्तले २१ करोड ५३ लाख ९७ हजार रुपैयाँ, आरएमडिसिले २० करोड ८५ लाख ३४ हजार रुपैयाँ, एनआइसी एशियाले १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ, नेशनल माइक्रो फाइनान्सले १६ करोड १६ लाख ५७ हजार रुपैयाँ, फरवार्ड माइक्रो फाइनान्सले १२ करोड ४० लाख ३० हजार रुपैयाँ र नेष्डो लघुवित्तले ११ करोड २ लाख २४ हजार रुपैयाँ नाफा कमाएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुको नाफा २० प्रतिशतदेखि ९६ प्रतिशतसम्म घटेको छ । गुराँस लघुवित्तको नाफा सबैभन्दा धेरै प्रतिशत अर्थात ९६.६६ प्रतिशतले घटेको छ । भने सबैभन्दा कम प्रतिशतले सूर्योदय वोमि लघुवित्तको २०.८८ प्रतिशतले घटेको छ ।

कुनको कति ?


क्लिकमान्डु