गृहमन्त्रालयले सम्पत्ति संरक्षण गर्न सकेन, महानगरले बनाएको संरचना अतिक्रमणकारीले भत्काए



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनधिकृतरुपले बसिरहेका केही व्यक्तिले खोलाको बाँध डोजर लगाएर भत्काएको जनाएका छन् ।

प्रमुख शाहले यस्तो कार्य हुँदासम्म राज्यको माथिल्लो तह निरीह भएर बसेको उनको आरोप छ । गृहमन्त्रालयले निजी जग्गा संरक्षण गर्न सुरक्षा दिन नसक्ने हो भने काठमाडौंको सुरक्षाको जिम्मा उनीहरुलाई नै दिए हुने शाहको टिप्पणी छ ।

‘गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौँको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ’ मेयर शाहले भनेका छन् ।

सार्वजनिक सम्पतिमा रहेका अनाधिकृत संरचना हटाउनु नै बनाउनु भएको शाहको भनाइ छ । तर डोजरले भत्काएकोमात्रै भनेर गलत भाषय स्थापित गरेर यस्तो कामलाई अवमूल्यन गरेको उनको भनाइ छ ।

‘ डोजरले भत्काएको मात्रै भन्ने गलत भाष्यले सार्वजनिक सम्पतिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको छ । यसैले काठमाडौं महानगरलाई यतिकै बदनाम गरिँदैछ’ उनले भनेका छन् ।


क्लिकमान्डु