स्टयाण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बिकेन



काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको ऋणपत्र नबिकेपछि आवेदन दिने समय थपिएको छ ।

बैंकले निष्कासन गरेको ऋणपत्र पहिलो चरणमा बिक्री नभएपछि आवेदन दिने समय थपेर फागुन ८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँको २४ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । जसमा १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

बाँकी रहेको ९ लाख ६० हजार कित्तामध्ये ४८ हजार कित्ता सामूहिक लगानी कोष र ९ लाख १२ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । यसमा न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ ।

ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु