दमकलको पहुँच नपुग्ने ठाउँमा ‘फायर हाइड्रेन्ट’ राख्दै महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र दमकलकाे पहुँच नपुग्ने ठाउँमा ‘फायर हाइड्रेन्ट’ राख्न सुरु गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरकाअनुसार महानगरपालिकाले दमकलको पहुँच नपुग्ने ठाउँमा आगलागी भएको अवस्थामा निभाउनको लागि यो पूर्वाधार निर्माण भएको बताए ।

हाल महानगरले महाबौद्ध, छेत्रपाटी र महानगरको १६ नम्बर वडा (सोह्रखुट्टे) क्षेत्रमा फायर हाइड्रेन्ट राखेको छ ।

फायर हाइड्रेन्ट प्रणाली भनेको अण्डरग्राउण्ड रुपमा पानीको पाइपलाइन बिछाएर निश्चित ठाउँहरुमा यसलाई हाइड्रेन्टको सहायताले बाहिर निकालिएको हुन्छ । कुनै क्षेत्रमा आगलागी भइहालेमा र दमकल जान नसक्ने अवस्था भएमा यस्तै हाइड्रेन्टमा पाइप जोडेर पानी निकाल्न सकिन्छ ।

‘यसले कति क्षेत्र कभरेज गर्छ भन्ने कुरालाई ध्यानमा राखेर जडान गरिन्छ,’ महानगरका प्रवक्ता मानन्धर भन्छन्, ‘दमकल सहजै पुग्न नसक्ने ठाउँहरुमा अहिलेम महानगरपालिकाले यसलाई जडान गरिरहेको छ ।’

महानगरकाअनुसार अहिले भित्री शहर क्षेत्र तथा दमकल जानका लागि गल्लीहरु सानो भएको तथा पहुँचमा नभएको क्षेत्रमा फायर हाइड्रेन्ट जडान गरिँदै छ ।


क्लिकमान्डु