सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्याे, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढेर इतिहास कायम गरेको थियो । बिहीबार मात्रै छापावाला सुनको मूल्य निरन्तर बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आइतबार पुनः प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आइतबार १३ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु