सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको आजको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदश दिएको छ । उक्त आदेशसँगै छुटेका लामिछाने नेपाली राष्ट्रिय टोलीमा समावेश भइसकेका छन् ।

उच्च अदालतको आदेश बदर माग गर्दै महान्यायाधिवक्ताको कार्यालले सर्वोच्चमा निवेदन दिएको थियो ।


क्लिकमान्डु