नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी



काठमाडौं । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ ।

बसुन्धारस्थित ओमेगा इन्टरनेशनल प्रालिमार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा बिएन र बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारहरुको माग गरेको नेपालस्थित ओमेगा इन्टरनेशनल प्रालिले जानकारी दिएको छ ।

कुवेत सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नका लागि आवश्यक योग्यता पुगेको र न्यूनतम २ वर्ष अनुभव लिएको हुनेपर्ने कम्पनीले जनाएको छ । आकर्षक सेवा सुविधासहितको सिटी ग्रुपमार्फत कुवेतको कुवेत वेल कम्पनीबाट नेपालका लागि यो माग पहिलो पटक आएको ओमेगा इन्टरनेसनल प्रालिले जनाएको छ ।

बिएन तथा बिएस्सी गरेका नेपालीले मासिक २ लाख ४० हजारदेखि ३ लाख ६० हजारको बीचमा पारिश्रमिक पाउने बताइएको छ । जसमा विभिन्न सुविधाहरु पनि जोडिएको छ ।


क्लिकमान्डु