सरकार संकटमा पर्छ जस्तो लाग्दैन: ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको वर्तमान सरकार संकटमा नपर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृह मन्त्रीको चयनको विषयले सत्ता गठबन्धनमा खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘सरकार संकटमा पर्छ जस्तो लाग्दैन’ उनले बताए । देशको शासन प्रणालीमै अस्थीरता रहेको उनको भनाइ थियो ।


क्लिकमान्डु