अर्थ मन्त्रालयबाट बाहिरिए ६ सहसचिव, को को आए अर्थमा ?



काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले २६ जना सहसचिव सरुवा गरेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार अर्थ मन्त्रालयबाट ६ जना सहसचिव सरुवा भएका छन् । त्यसैगरी, अर्थ मन्त्रालयमा ६ जना नयाँ सहसचिव आएका छन् ।

राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लगिएको छ । आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको राष्ट्रीय योजना आयोगमा सरुवा भएको छ ।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख केदार शर्मा गृह मन्त्रालय, वित्तीय व्यवस्थापन महाशाखा रमेश केसीको स्वास्थ्य मन्त्रालयका सरुवा भएको छ ।

त्यसैगरी भन्सार विभागको उपमहानिर्देशक यज्ञ कोइरालाको उद्योग मन्त्रालय र सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयका लगिएको छ ।

मन्त्रीपरिषद्को बैठकले राष्ट्रीय योजना आयोगमा रहेका धनीराम शर्मा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका श्रीकृष्ण नेपाल, श्रम तथा रोजगार मन्त्रालयमा रहेका झक्कप्रसाद आचार्य र रमेश अर्याल, सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सेमन्तक पोखरेल र गण्डकी प्रदेशमा रहेका रामप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

शर्मा, आचार्य र नेपालसँग यसअघी पनि अर्थमन्त्रालयमा सहसचिवको रुपमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग काम गरेको अनुभव छ । उपसचिव हुँदा अर्याल अर्थमन्त्री पौडेलका निजी सचिव थिए । त्यसैगरी, पाेखरेल राजस्व समुहका उपसचिव थिए । रामप्रसाद आचार्य पनि राजस्व समुहमा काम गरेका कर्मचारी हुन् ।


क्लिकमान्डु