दोलखामा २२ मेगावाट क्षमताको रोल्वालिङ्ग जलविद्युत आयोजना बन्ने



काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा रोल्वालिङ्ग जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले बुधबार सूचना प्रकाशित गर्दै दोखलाको गौरीशंकर गाउँपलिकामा रहेको रोल्वालिङ्ग खोलामा जलविद्युत आयोजना निर्माण हुने जानकारी दिएको हो ।

विभागकाअनुसार उक्त जलविद्युत आयोजना निर्माण गर्नका लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले अनुमति पत्रका लागि दरखास्त दिएको छ ।

यो आयोजना नदी प्रभावमा आधारित प्रकारको आयोजना हुने र कुल जडित क्षमता २२ मेगावाटको रहने जनाइएको छ ।

विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र ४ मिटर उचाईको कन्क्रिट ग्रेभिटी वेयर बनाइने जनाइएको छ ।

रोल्वालिङ्ग खोलामा बाँध बाँधेर खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काएर सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै विद्युत गृहमा लगिने छ ।

यो आयोजनाबाट वार्षिक २१६ गिगावाट विद्यूत उत्पादन हुने विभागले जनाएको छ ।


क्लिकमान्डु