अवैध र नक्कली अन्तःशुल्क टास भएका मदिरा बरामद भएकोमा संघको ध्यानाकर्षण



काठमाडौं । पाल पेय पदार्थ तथा चुरोट उद्योग संघले अवैध मदिरा फेला परेको र उक्त कसुरमा संलग्नहरुमाथि अनुसन्धान अघि बढाइएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न आन्तरीक राजश्व कार्यालयहरु र नेपाल प्रहरीका तर्फबाट बजार अनुगमन एवं अनुसन्धान कार्यलाई तिब्रता दिएका कारण देशका बिभिन्न भागबाट अबैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थ सहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरि सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखि अनुसन्धान कार्य अघि बढाएको भन्ने समाचारप्रति संघले ध्याकर्षण भएको जनाएको हो ।

यस्ता अबैध कारोबारलाई नियन्त्रण गर्न सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न कार्यालयहरु र नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रति संघले धन्यवाद दिएको छ ।

विगतमा पनि अबैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर परेको साथै ज्यानै जाने सम्मको कार्यहरु भएको समाचार आएको भन्दै संघले मदिरा जस्तो सम्बेदनशिल बस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई सरकारले तोकेको मापदण्डअनुसार ल्याव परीक्षण गरि स्वीकृती प्राप्त गरेर मात्र गर्नु पर्ने एवं बिक्री गर्दासमेत अनुमति पत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानूनी प्राबधान रहेको स्मरण गराएको छ ।

अबैध मदिराको उत्पादन एवं बिक्री वितरणबाट सरकारको राजश्वमा असर पर्नु का साथै यस किसिमका अबैध मदिराको आयात, उत्पादन, बिक्री वितरण एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापित उद्योगहरुको व्यवसायीक ख्याती, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने तथ्यप्रति सचेत रहन सवैलाई संघले अनुरोध गरेको छ ।

यस किसिमका अबैध गुणस्तरहीन र मापदण्ड विपरितका उत्पादनहरुले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर नकारात्मक प्रभावको बारेमा सचेत रही यस किसिमका कार्यहरु कहि कतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित सरकारका निकायहरुमा सूचना दिई त्यस्ता अबैध कारोवारीहरु लाई कानूनी कारवाहिको दायरामा ल्याउन सहयोग गर्न संघले आग्रह गरेको छ ।


क्लिकमान्डु