सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर



काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ ।

ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल भएको देखिएको छैन ।

पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।


क्लिकमान्डु