सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको छ ।

मंगलबार महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । उपयुक्त कारणविनै सन्दीपलाई धरौटीमा छाड्न आदेश जारी भएको भन्दै उनलाई पक्राउको माग निवेदनमा गरिएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ ।

एक नाबालिकामाथि बलात्कार अभियोगमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेलाई अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


क्लिकमान्डु