सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु