राष्ट्रपति कार्यालयबाट गाडी खरिदको प्रस्ताव आएको छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन् ।

व्यवस्थापिका संसद् विनियोजन विधेयकको विषयमा संसद्ले उठाएको जवाफ दिदै प्रधानमन्त्री देउवाले गाडी खरिदको प्रस्ताव नआएको बताएका हुन् ।

संचारमाध्यममा राष्ट्रपति कार्यालयले राष्ट्रपतिको १६ करोड पर्ने गाडीको माग आएको समाचार प्रकाशित भएपछि सामाजिक संन्जालमा चर्को आलोचना भएको छ ।


क्लिकमान्डु