महानगर प्रमुख शाह र गभर्नर अधिकारीबीच भेटः सहकारी लगायत वित्तीय संस्थाको नियमन, निरीक्षण गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा स्थानिय सरकार मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरुको नियमन, निरीक्षणका विषयमा छलफल भएको छ ।

साथै दुरगामी निती तथा कार्यविधी तजुर्मा गर्ने विषयमा छलफल केन्द्रीत रहेको मेयरको सचिवलयले जनाएको छ ।

अधिकारी र शाहबीच आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।


क्लिकमान्डु