प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बालेन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बालेनबीच भेटवार्ता भएको हो । भेटमा मेयर शाहले महानगरको काम कारबाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका जनाइएको छ ।

उक्त भेटमा मेयर शाहले केही स्थानमा काम गर्न समस्या परिरहेको भन्दै प्रधानमन्त्रीको सहयोग अपरिहार्य रहेको बताएका थिए।


क्लिकमान्डु