रविले राहदानी विभाग पुगर फिर्ता गरे पासपोर्ट



काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्ट फिर्ता गरेका छन् ।

निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको पासपोर्ट फिर्ता गर्न उनी राहदानी विभाग पुगेका थिए ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुन: प्राप्ति गरे लगत्तै लामिछाने विभाग पुगेर राहदानी फिर्ता गरेका हुन् ।

२०७० सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका उनले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा नेपाली पासपोर्ट लिएका थिए । तर निष्क्रिय रहेको नागरिकताका आधारमा लिइएको राहदानी उनले फिर्ता गरेका हुन् ।

नेपाली राहदानी लिने बेलामा उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्टसमेत थियो ।


क्लिकमान्डु